अत्तरिया, २० फागुन : कैलालीको अत्तरियामा रहेको पुरानो शैक्षिक संस्था लोटस आई अंग्रेजी माध्यामिक विद्यालयले २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।
विद्यालयले आफ्नो शैक्षिक प्रगती समेत प्रस्तुत गरेको थियो । विद्यालयका विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई उक्त समारोहमा पुरष्कार समेत प्रदान गरिएको थियो ।
विद्यालयका अध्यक्ष गिरीराज कडायतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपती अम्मरराज जोशी थिए । कार्यक्रममा संस्थापक गिरीराज कडायतले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्दै जाने बताए । ‘दुनियाँ देशको समस्या गरिवी हो, गरिव वेरोजगारीको कारणले हुन्छ बेरोजगारी सीप नपाएको कारणले हुन्छ सीप शिक्षाको माध्यमबाट प्राप्त हुन्छ ।’ उनले भने, ‘लगानीले उत्पादन बढाउछ । उत्पादनले रोजगारी र आम्दानी बढाउँछ आम्दानीले उपभोग बढाउँछ कन्टक्सनले डिमान्ड बढाउन्छ डिमान्डले प्रोडक्सन बढाउँछ ।’ उनले पूँजीले रोजगार प्राप्त गर्ने बताएको बताए । श्रमलाई उत्पादन सँग उत्पादनलाई बजार सँग जोडेर यो देशलाई बनाउनको लागि पनि सम्पूर्ण किसिमका रुपान्तरण शिक्षाको माध्यमबाट हुने बताए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक क्षेत्रका प्रतिनिधि, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु