सक्षम पाठशाला अत्तरियाले मनायो ८ औं वार्षिकोत्सव

अत्तरिया, २० फागुन : गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको सक्षम पाठशालाले वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार पाठशालाले ८ औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर मनाएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरु, शिक्षक–शिक्षिकाहरुले कार्यक्रममा आफ्नो सांस्कृतिक नृत्य, गायन, प्रस्तुति समेत झल्काएका थिए ।
२०७१ सालमा स्थापना गरी १ सय ३० जना विद्यार्थीहरुबाट सञ्चालनमा ल्याइएको विद्यालय हाल ६ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले नर्सरी देखि ८ कक्षा सम्म पठनपाठन गराउँदै आइरहेको छ । साथै विद्यालयले वार्षिकोत्सव अवसरमा खेलाउदै आइरहेको विभिन्न खेल तथा विधामा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रममा प्रमाणपत्र सहित पुरस्कृत वितरण समेत गरिएको थियो ।
विद्यालयका अध्यक्ष भुवनबहादुर पाण्डेको अध्यक्षतामा वार्षिकोत्सब सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा प्याब्सन केन्द्रीय उपाअध्यक्ष जगबिर थापा, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रमुख डा. डम्बरबहादुर पाल रहेका थिए । कार्यक्रममा अतिथिमा प्रतिक्षा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, मालाखेती अस्पतालका अध्यक्ष तथा पदमा अस्पताल प्रालिका प्रबन्ध निर्देशक डा. नरबहादुर मौनी, प्याब्सन केन्द्रीय सदस्य योगेन्द्र हमाल, प्याब्सन सुदूरपश्चिम प्रदेश सचिव यमप्रसाद भण्डारी, गोदावरी नगर कमिटी प्याब्सनका अध्यक्ष श्यामबहादुर खत्री, लगायत शिक्षक प्रिन्सिपल, अभिभावक, समाजसेबी, बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल तर्कराज भट्टराईले विद्यार्थीहरुलाई पढाईको गुणस्तरमा ध्यान दिने गरेको बताए ।
उनले विद्यार्थीहरुलाई प्रविधिक तथा आधुनिक शिक्षातर्फ बढी ध्यान दिने गरेको बताए । उनले एक्काइसौं शताब्दीलाई सुहाउँदो शिक्षालाई विशेष जोड दिएको बताए । कार्यक्रम सञ्चालन शिक्षिका सरीता खुनाले गरेकी हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.