अत्तरिया, २० फागुन : प्ले फर अत्तरिया (पिएफए) स्पोर्ट क्लवको अध्यक्षमा गणेश भण्डारी चयन भएका छन । शनिबार बसेको पिएफएको तेस्रो साधारण सभाबाट भण्डारी अध्यक्षमा चयन भएका हुन ।
समितिको उपाध्यक्ष भगवती साउँद, सचिव शिद्ध बोहरा, सह–सचिव प्रेम बोहरा र कोषाध्यक्ष दशरथ राना चयन भएका छन । त्यस्तै समितिको सदस्यमा धर्म जोशी, रघुविर खत्री, आशिष धामी, भुवनेश्वरी कठायत, गणेश देउवा, गोबिन्द भट्टराई चयन भएका छन् । साधारण सभाबाट पिएफए भेट्रान कप क्रिकेट तथा फुटबलको चौथो संकरण आयोजना गर्ने निर्णय गरेको संस्थापक अध्यक्ष शन्तोष भटट्ले जानकारी दिए ।