अत्तरिया : कैलाली जनपुस्तकालयले आफ्नो ६६ औं वार्षिकोत्सव समारोह तथा ४६ औं साधारण सभामाको अवसरमा पत्रकार गगन अयडी प्रतिभा राष्ट्रिय २०७९ सम्मान प्रदान गरेको छ । लामो समयदेखि पत्रकारितासँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार अयडी सम्मानित भएका हुन् ।
अयडीले सामाजिक संस्थाहरुमा आबद्ध रही पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानलाई उच्च कदर गर्दै पुरस्कृत गरिएको जनपुस्तकालयका अध्यक्ष डाक्टर टीएन जोशीले बताए ।
अयडीसँगै दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार महेश बिक्रम शाह (अछाम), पूर्ण-कृष्ण स्मृति राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार माया ठकुरी (काठमाडौ), साबित्री-कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार डा. देवेन्द्र प्रसाद भट्टलाई, उदय-दुर्गा साहित्य पुरस्कार हरिश जोशी महेन्द्रनगरलाई र हर्ष- पार्वती लोक संस्कृति पुरस्कार गोविन्द प्रसाद पाण्डेय (नेपालगञ्ज) सुदूरपश्चिम प्रतिनिधि इकागजकर्मी दीपक उपाध्यायलाई ‘चित्र बहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार २०७९’ प्रदान गरेको छ ।
यसैगरी कैलाली जनपुस्तकालय पुरस्कार रामलाल जोशी, तिलोत्तमा स्मृति राष्ट्रिय शैक्षिक साधना पुरस्कार प्रा. बुधराम चौधरीलाई, शिव बीमा राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रा.सुरेन्द्र चन्द, द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार सरस्वती भट्ट (काठमाडौ), शिव बिमा जेहन्दार छात्रवृत्ति धरणीधर भट्ट (डोटी),यज्ञराज यात्री राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार आचार्य घनश्याम लेखक (कञ्चनपुर)लाई प्रदान गरिएको छ।
त्यस्तै सूर्यप्रसाद विष्णुदेवी राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार जनक रसिक (डडेल्धुरा), भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार समाजसेवी सीताराम अवस्थी र दशरथ चन्द स्म्मृति राष्ट्रिय सम्मान शिक्षासेवी अनिता पन्तलाई प्रदान गरिएको अध्यक्ष जोशीले बताए ।
यसैगरि जयपृथ्वीबहादुर सिंह स्मृति राष्ट्रिय सम्मान हरिश ओझालाई, पहलमानसिंह स्वार समृति राष्ट्रिय सम्मान प्रा. जगन्नाथ जोशीलाई, परिमल स्नेही राष्ट्रिय लोक नृत्य सम्मान चिनाराम नेपाली (कञ्चनपुर)लाई, बद्रीनाथ राष्ट्रिय शिक्षा सेवा सम्मान भूपाल खड्कालाई र युवा प्रतिभा राष्ट्रिय सम्मान केपी कलौनी लाई प्रदान गरिएको अध्यक्ष जोशीले बताए ।