Agni Offset Press

सृजनशील युवाक्लब द्वारा अत्तरियामा होली विशेष कार्यक्रम

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा आज होली विशेष कार्यक्रम आयोजना हुने भएको छ। आज अत्तरियामा रहेको सृजनशील युवा क्लब (सि वाई सी) को आयोजनामा होली विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको हो।
उक्त कार्यक्रम सृजनशील क्लवको खेलमैदानमै आयोजना हुने भएको क्लबले जनाएको छ। कार्यक्रममा विशेष गरी होली शुभकामना आदानप्रदान संगै विभिन्न खेल प्रतियोगिता समेत हुने छ। होली विशेष आयोजित खेलमा घैटो फुटाउने, डोरी ताने,खालका विभिन्न खेलहरु हुने भएको आयोजक टिमले जनाएको छ।
आज हुने खेलमा सहभागी विजेता लाई विशेष नगद सहित पुरस्कृत गरिने आयोजक ले जनिएको छ। कार्यक्रम विशेष गरी क्लबका सदस्यहरु भेटघाट, मैत्रीपुर्ण हुने गएको हो। हिजो पहाडी समुदायमा मनाएको होलाी आज तराईमा उत्साहको साथ मनाईदैछ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.