Agni Offset Press

धनगढीको मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

Aarati simant

धनगढी, २३ फागुन : धनगढीमा रहेको मानवसेवा आश्रमलाई खाद्य सामग्री सहयोग गरिएको छ। आश्रमका अभिभावक सिद्धराज पनेरुले आश्रमलाई खाद्यान्न कमि परेको सामाजिक सञ्जाल (फेसबुक) मा पोस्ट गरका थिए। उक्त पोस्ट हेरेपछि खेम कुमार चोखाल र कमलसिंह रावलले खाद्य सामाग्री सहयोग गरेका छन्।

खेमकुमार चोखालले चामल १० कट्टा, तेल १ पेटी, दाल १ कट्टा, नुन ५ पोका, मसला २ केजी सहयोग गरेका हुन्। यस्तै कमलसिंह रावलले चामल ५ कट्टा, तेल १ पेटी, दाल १ कट्टा, नुन ५ पोका र मसला १ केजी आश्रमका अभिभावक सिद्धराज पनेरुलाई हस्तान्तरण गरेका हुन्।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.