अत्तरिया : २०६४ भदौ ५ गतेको दिन केही अर्धनग्न महिला सिंहदरबारको गेट अगाडि पुगे। उनीहरूले आफ्नो समुदायलाई राज्यले वर्षौंदेखि उपेक्षा गरेको भन्दै चर्को नारा लगाए। ती बादी समुदायका महिला थिए।उमादेवीको उनको पछाडि करिब २०र२५ जना महिला मात्रै थिए। उनीहरू सोझै सिँहदरबारको गेटमा पुगे। सुरक्षाकर्मीले गेट बन्द गरिदिए।
आक्रोशित उमादेवी अर्धनग्न अवस्थामै सिँहदरबारको गेटमा चढिन्। उनले सरकारविरुद्ध नाराबाजी गरिन्। ४८ दिनसम्म चलेको थियो, आन्दोलन। पछि सरकारले बादी समुदायको समस्यालाई सम्बोधन गर्ने गरी कार्य अघि बढायो।
आमाको नाममा जन्मदर्ता र नागरिकता मागले व्यापक चर्चा पायो। उमादेवीले थालेको आन्दोलनले सफलता प्राप्त गर्यो। राज्यले आमाको नामबाट सन्तानले जन्मदर्ता र नागरिकता पाउने कुरा संवैधानिक ग्यारेन्टी गर्यो।