
अत्तरिया : कैलालीको धनगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३, मिलन चोकमा बिहिवार बिहान करिब ६ बजे अटो दुर्घटना हुँदा एक जना वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
अत्तरिया–धनगढी सडक खण्डमा चौमलाबाट भीम बस्तीतर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा कैलाली गौरीगङ्गा नगरपालिका–४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका जोशीको उपचारका लागि माया मेट्रो अस्पताल धनगढीमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
उनीलगायत दुई जना जोतिशी हेराउन जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी कुलदिप चन्दले बताए। उक्त अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
