बाजुरामा विद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु

बाजुरा : बाजुरामा बिद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार बडीमालिका नगरपालिका ६ कोर्ध फडील्लाकी ६ वर्षीय कमला बडुवालको आज बिहान बिद्यालय जाने क्रममा भिरबाट लडेरमृत्यु भएको हो।
उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा कक्षा १ मा अध्ययनरत रहेकी थिइन्। विद्यालय गाउँबाट टाढा हुँदा विहान ९ बजे घरबाट हिडेकी थिइन्। कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.