Agni Offset Press

कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

Aarati simant

अत्तरिया : कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिपको ठक्करले मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसहित २ जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.