जगदिस रोकाया
बझाङ, २६ फागुन : बझाङ सुर्मागाँउपालिका–१ घर भएका रङ्गे बोहराको गतवर्ष आलुको बीउ राख्ने उपयुक्तठाँउ नहुँदा बीउ आलु कुहेर नस्ट भयो । उनी जस्तै जिल्लाका अन्य आलुखेती व्यावसाय गर्ने किसानहरु सँङ्ग आलुको बीउ राख्ने उपयुक्त ठाँउ नहँुदा परम्परागत बीउ भण्डारण गर्न आलु विग्रिए ।
केही वचेका आलु बीउको लागी उपयुक्त भए । अहिले जिल्लामा आलुको बीउ राख्ने आधुनिक प्रविधिको स्टोर (आलुबीउ भण्डारणघर) वनाउन थालेपछी सुर्माका रङ्गे बोहरा जस्तै अन्य किसानहरुलाई पनी बीउ भण्डारण घरले निक्कै सहज बनाएको छ ।
सुर्मा गाँउपालिकामा दुई वटा आलु बीउ भण्डारण घर बनाएपछी किसानहरुले बीउको लागी छनोट गरेका आलुहरु भण्डारण घरमा राख्ने गरेका छन । ‘पहिले बीउ राख्दा खेरी डोको, बोरा,माटोको खाल्डो, काठको बाकसभित्र राख्ने गर्ने गरेका थियौँ ।’ सुर्माका अगुवा कृषक रङ्गे बोहराले भने । ‘अहिले प्रधानमन्त्री कृषिआधुनिक करण परियोजनावाट आधुनिक प्रविधिको रस्टिक स्टोर (आलुविउ भण्डारण घर) बनाई दिएपछी बीउआलु राख्न सहज भएर उत्पादनमा समेत बृद्धीभएको छ ।’
सुर्मा गाँउपालिकामा बनेका आलु बीउ भण्डारण केन्द्र ८० क्युन्टल क्षमतका रहेका छन । सुर्मा जस्तै आलु खेती बढी हुने क्षेत्र जयपृथ्वी नगरपालिकाको पुगर, तलकोट गाँउपालिकाको किदन्न, छविस पाथिभराको थलारा, विथ्थडचिरको.विथ्थड पाटनमा समेत आलु बीउ भण्डारण घर निर्माण भएका छन ।
परम्परागतरुपमा बझाङमा आलु खेती गरीदै आएको भएपनि पछिल्लो समयमा नेपाल सरकारले यस जिल्लालाई आलु जोन क्षेत्र घोषणा गरी पकेट ब्लकजोन क्षेत्र निर्धारण गरेको हुँदा अहिले बझाङमा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना सार्थै जिल्ला कृषि ज्ञान केन्द्र र अन्य सँङ्घ संस्थाहरुले पनि आलु खेतीलाई जोड दिदै आएका छन ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका निमित्त कार्यालय प्रमुख हर्कदेव जोशीका अनुसार आलुको उत्पादन बढाउन र नयाँ लगाउने विधिको जानकारी दिन परियोजनावाट विभिन्न कामहरु भईरहेको बताए ।
आलु उत्पादन हुने गाँउवस्तिहरमा किसानहरुलाई तालिम उन्नत बीउ स्थानीय बीउको स्थरीकरण बीउ भण्डारण घर बीउ सँङ्कलन केन्द्र साथै आलु बजारीकरणको पननि व्यावस्थापन गरेको समेत जोशीले जानकारी दिए । अहिले बझाङ जिल्लाका अधिकाँस किसान तथा वेरोजगार युवाहरु प्रमरपरागत कृषि पेशालाई छोडेर ब्यावसायीक कृषि पेशामा आकर्षण भईरहेका छन ।
सम्बन्धित पाेस्टहरु