Agni Offset Press

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी

Aarati simant

काठमाडौँ : उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रमिला यादवको पनि उम्मेदवारी परेको छ । जसपा बाट २ जना उम्मेदवार परेको हो । यसअगि यसै पार्टीबाट उपराष्ट्रपतिमा रामसहाय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । १० दलबाट साझा उम्मेदवार चयन गर्न बसेको बैठकमा एउटै उम्मेदवार चयन गर्ने विषयमा सहमति हुन सकेन् । त्यसकारण जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाएका हुन्।

१० दलबाट आज तीन जनाको उम्मेदवारी परेपनि भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुङ्गो लाग्ने बताइएको छ । जनमत पार्टीबाट केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.