धनगढीको ब्रोड भिजन भिजनले मनायो २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी, २७ फागुन
धनगढी उपमहागरपालिका–३ चटकपुरमा रहेको ब्रोड भिजन भिजन इन्टरनेश्नल एकेडेमीले आफ्नो २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा भएको हो । प्रदेश प्रमुख जोशीले शिक्षाले नै परिर्वतन सम्भव भएको हुँदा गुणस्तरिय र योग सुहाउँदा शिक्षामा जोड दिनुपर्ने बताए । उनले ब्रोड भिजन भिजनले लामो समयसम्म यहाँको शिक्षामा खेलेको भूमिकाप्रति प्रसंसा व्यक्त गरे ।
कार्यक्रमका विशेष्ठ अतिथि रहेका सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री प्रकाश शाहले पनि बोर्ड भिजनले शिक्षामा पुगाएको योगदानको प्रसंसा गरे । उनले शिक्षाको गुणस्तरका लागि विद्यालयको मात्र भूमिका नभएर अभिभावकको पनि उत्तिकै भूमिका रहने बताए । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरेको थियो ।
विद्यालयका प्रिन्सिपल रामसिंह साउँदले स्वागत गरेको कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टिएन जोशी, राष्ट्रिय मानव अधिकारी आयोग सुदूरपश्चिम कार्यालयका कार्यालय प्रमुख हरिप्रसाद ज्ञवाली, बाल्मिकी इन्टरनेश्नल एकेडेमीका अध्यक्ष दिनेश भण्डारी, ऐश्वर्य विद्या निकेतनका शिक्षक नरेन्द्रप्रसाद भट्ट लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यस्तै गरी ब्रोड भिजन भिजनकी पूर्व शिक्षिका मेघा भट्ट, अभिभावक जयबहादुर कुँवर, पूर्व विद्यार्थी नविना खड्का र विद्यार्थी करुणा कापडीले पनि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शुभकामना राख्ने सबैले ब्रोड भिजन भिजनले शिक्षा क्षेत्रमा पुगाएको योगदानको प्रसंसा गरेका थिए । कार्यक्रममा विद्यालयका फाउण्डर लक्ष्मीप्रसाद पन्तको अध्यक्षतामा भएको हो । २०५३ सालमा स्थापना भएको विद्यालयले आउने शैक्षिक सत्रबाट थप परिमार्जित गर्दै अगाडि बढ्ने तयारीमा गरेको छ । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश भट्टले गरेका हुन् । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगेतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐर, समाजसेवी प्रकाश भट्ट, अभिभावक, विद्यार्थी, शिक्षक, पत्रकारहरु लगायत विभिन्न व्यतित्वहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.