दार्चुलामा अखिल र अखिल क्रान्तिकारीबीच चुनावी सहकार्य हुने

दार्चुला : दार्चुलामा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबीच स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा तालमेल हुने भएको छ । जिल्लामा प्रगतिशील बामपन्थीबीच पूरै प्यानलमा सहमति गरेर चुनावी तालमेल गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा चैत ५ र सुदूरपश्चिम विश्वविद्यालयअन्र्तगतका क्याम्पसहरुमा चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ । दुई विद्यार्थी संगठन र पार्टीका नेताहरुको उपस्थितिमा स्ववियुमा सहकार्य गरेर जाने विषयमा लिखित सहमति भएको हो । विद्यार्थी संगठनले शनिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै ६ वटा क्याम्पसमा प्यानलसहित उम्मेदवारी दिने गरी सहमति गरेका छन् । जसअनुसार ४ वटा क्याम्पसमा एमाले निकट अखिल र २ वटा क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति लिने छन् ।

अखिलले दार्चुला बहुमुखी क्याम्पस खलंगा, कृष्ण स्नातक क्याम्पस लाली, शंकरपुर क्याम्पस पस्ती र राष्ट्रिय क्याम्पस दत्तु तथा अखिल क्रान्तिकारीले गोकुलेश्वर बहुमुखी क्याम्पस र लटिनाथ क्याम्पसमा नेतृत्व लिने सहमति भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.