अत्तरिया, २७ फागुन : कैलालीको चुरेमा तेस्रो पालिकास्तरिय अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । चुरे गाउँपालिकाको आयोजनामा चुरे गाउँपालिका–१ घरखेडा कैलालीमा फागुन २५ गते देखि सुरु भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो । उक्त समापन प्रतियोगीताको कार्यक्रम संयोजक मदनराज जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी रहेका थिए । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष धना थापा, चुरे गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विविराज सोती रहेका थिए ।
प्रतियोगितामा पुरुषतर्फ चुरे १ प्रथम, चुरे १ बि टिम द्वितीय र चुरे ६ ए टिम तेस्रो भएका थिए । उक्त भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरुस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै महिलातर्फ चुरे २ खैराला प्रथम, चुरे १ पलडी टिम द्वितीय र चुरे ४ गर्बा टिम तेस्रो भएका थिए । उक्त भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरुस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त पालिकास्तरिय तेस्रो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगीतामा चुरे गाउँपालिकाका १ देखि ६ नं. सम्मका वडा भित्रका पुरुष १३ महिला ७ टिम गरी २० टिमको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सुरज परियारले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु