
अत्तरिया लोटसआई विद्यालयको सहयोगमा लागूपदार्थ दुव्र्यसन विरुद्ध बनेको “सरीमम“ चलचित्र प्रदर्शन
उक्त चलचित्र सुदूरपश्चिम प्रदेशमा रहेका विद्यालयहरु मध्ये यो पहिलो शो

अत्तरिया : गोदावरी नगरपालिका २ अत्तरियामा रहेको लोटसआई अंग्रेजÞी माध्यमिक विद्यालयको सहयोगमा लागूपदार्थ द्रुव्र्यसन विरुद्ध बनेको “सरीमम“ चलचित्र प्रदर्शन गरेका छन् । “से नो टु ड्रग्स“ अभियान का साथ बनाएको चलचित्र आईतबार एक कार्यक्रम को आयोजना गरी लोटस विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई चलचित्र देखाएको हो ।
आईतबार उक्त चलचित्र विद्यालयको सहयोगमा विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का २ सय ५० जना विधार्थीहरुलाई सहभागी गरी देखाएको थियो । विद्यालयका प्रिन्सिपल मानवहादुर ऐरले सरीमम चलचित्र हेरे पश्चात “यस चलचित्रले देखाउन खोजेको कथाले भावुक बनाएको बताए । उनले यस चलचित्र ले देखाउन खोजेको “लागूपदार्थ विरुद्ध अभियान“ कथालाई पालना गर्ने हो भने अहिलेका कुलतमा फसेका युवाहरु छन् तिनीहरूले पक्कैनै यो विकृति लाई छोड्ने छन् साथै आफ्नो भविष्य सुन्दर,उजागर गर्दै जाने विश्वास संगै चलचित्र ले जनचेतामूलक संदेश दिएको बताए ।
“युवासमाजलाई ,परिवारलाई, आमाबाबुको सपनालाई साकार गर्नको लागि हामीले यस्ता विभिन्न किसिम को विकृतिबाट,कुलतबाट समयमै सूचित पुर्याउनुहोस भन्नको लागि पनि आजको यस लागुऔषध विरूद्धको अभियान चलचित्र “सरी मम“ हामीले एकचोटि हेर्नैपर्ने“ उनको भनाई रहेको छ ।
विद्यालयका प्रिन्सिपल मानबहादुर ऐरले चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका युवा अभिनेता प्रभात पाल ठकुरी यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी समेत रहेको थिए र आगामी दिनहरूमा उत्तरोत्तर प्रगतिको कामना गर्दै देशका लाखौं युवाहरुलाई यस्तै किसिमका संदेश मुलक जनचेतना मुलक कार्यक्रम चलचित्र बाट समाजमा भएका विकृतिलाई हटाउन सफल होस् सुभकामना व्यक्त गरे ।
साथै चलचित्रमा मुख्य अभिनय रहेको नायक प्रभात पाल ठकुरी ले आज जुन निमन्त्रणा स्वीकार गरेर पाल्नुहुने तथा सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद दिँदै उनले लोटस आई अंग्रेजÞी माध्यमिक विद्यालयको सहयोग मा यस विद्यालयका विद्यार्थीहरुलाई देखाइएको उक्त चलचित्र सुदुरपश्चिम प्रदेशमा रहेका विद्यालयहरु मध्ये यो पहिलो शो रहेको बताए । साथै लगतै यस क्षेत्र को विभिन्न विद्यालयहरुमा देखाइने समेत बताए ।
