स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीमा से.६ प २६६४ नम्बरको स्कुटर दुर्घटना हुँदा वडा नम्बर ४ भगतपुरका आयुष केशीको मृत्यु भएको हो ।
स्कुटर अनियन्त्रित भइ शनिबार राति दुर्घटना भएको प्रहरीले बताएको छ । स्कुटरमा सवार पदम केसीका १४ वर्षीय छोरा आयुषको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते आयुष भारतको भोजिपुरास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.