सुदूरपश्चिम सरकारले खखडेहराको विदा संसोधन गरी फागुन ३० गते तोक्यो

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले खखडेहराको विदा संसोधन गरेर फागुन ३० गते तोकेको छ । यसअघि प्रदेश सरकारले २०७९ बैसाख १ गते राजपत्रमा प्रकाशित गरेको विदा सम्बन्धी सूचनामा चैत्र १ गते कायम गरिएकोमा उक्त मिति संसोधन गरिएको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता बिष्णु दत्त अवस्थीद्वारा जारी सूचनामा चैत १ गतेको सट्टा फागुन ३० गते खखडेहराको विदा दिने प्रदेश सरकारको फागुन २८ गते बसेको मन्त्रिपरिषद्बाट निर्णय भएको उल्लेख छ। उक्त विदा कैलाली र कञ्चनपुर जिल्लामा लागु हुने सूचनामा उल्लेख छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा पर्व मनाउने गरेका छन। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.