सुदूरपश्चिम प्रदेशले आइसिसि यु १९ वल्र्ड कपमा सहभागि खेलाडीलाई एक लाख पुरस्कार दिने

अत्तरिया : युएईमा २०२३ मार्चमा सम्पन्न भएको आइसिसि यु १९ वल्र्ड कपमा सहभागि खेलाडि र अफिसियल लाई सुदुरपश्चिम प्रदेश सरकारले सम्मान गर्ने भएको छ। नेपाली यु १९ क्रिकेट टिममा सहभागि भई पाँचवटै खेलमा जित हाँसिल गरि समुह बिजेता बनेसँगै श्रीलंकामा हुने आइसिसि यु १९ वल्र्ड कप २०२४ मा सहभागि हुन पाउनेभएको छ।
आइसिसि यु १९ वल्र्ड कप २०२४मा पु¥याउन उल्लेखनीय योगदान पु¥याएको भन्दै सुदुरपश्चिमका खेलाडी र अफिसियलहरुलाई प्रदेशले सम्मान गर्ने भएको छ। प्रति खेलाडीहरुलाई जनही १ लाख र अफिसियललाई ५० हजारका दरले सम्मान गरिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको लोगो सहितको जर्सी र पुरस्कार वितरणका लागि आवश्यक पर्ने रकम मुख्यमन्त्री कमलबहादुर शाहले विनियोजन गरेका छन्। सम्मान पाउने खेलाडीमा आकाश चन्द, दिपक बोहरा, मिलन बोहरा,हेमन्त धामि र दिपक बोहरा रहेका छन् भने अफिसियलतर्फ हेडकोच जगत टमट्टा,सहायक कोच धिरेन्द्र चन्द, टिम म्यानेजर विक्रम विष्ट, टिम फिजियो पुरन तिरुवा रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.