अत्तरिया : देउडा सस्कृति संरक्षण प्रतिस्ठान सुदूरपश्चिम प्रदेश प्रधान कार्यलय धनगढीले कंचनपुरको महेन्द्रनगरमा रहेको बृद्धाआश्रमका ६२ जना असाय र असक्तहरुलाइ फलफूल वितरण गरेको छ। महेन्द्रनगरमा कंचनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कञ्चनर औद्योगिक मेला महोत्सवमा भएको देउडा प्रतियोगितामा तेस्रो स्थान हासिल गरि प्राप्त गरेको पुरस्कार रकम आज संस्थाका कार्य समिति पदाधिकारी तथा आजीवन सदस्यहरु उर्मिला कुवर, रत्ना भन्डारी, कलावती साउद लगायत दिदिबहिनीहरुका साथै वरिस्ठ लाइभ देउडिया अम्बादत्त जोशीले संयुक्तरुपमा असहाय र असक्तहरुलाइ फलफूल वितरण गरेको हो ।
यस भन्दा अगाडि पनि यस संस्थाले धनगढीको तारानगरमा रहेको मानव आश्रमा रहेका ६० जना असाहाय र असक्तहरुलाइ भोजन गराएको थियो।
७ महिना अघि मात्र कानुनी मान्यता पाइ १६ जनाको कार्यसमिति बाट सुरु भएको संस्थामा हालसम्म आइपुग्दा २२० जना आजीवन सदस्य भइ सकेका छ्न। यस देउडा संस्कृति संरक्षण प्रतिस्ठानले प्रत्येक महिना नियमित कार्यक्रम गर्दै आइ रहेको छ। यस भन्दा पहिले धनगढी ,अत्तरिया,कन्चनपुरको झलारी र पुनरबासमा भब्य लाइभ देउडा सम्पन्न गरि सकेको छ भने अबको मासिक नियमित कार्यक्रम कैलालीको गोदावरि नगरपालिकाको लालपुरमा गर्ने भएको छ।
चैते दशैको शुभकामना आदानप्रदान गरिनुका साथै भब्य लाइभ देउडा हुने प्रतिस्ठानका अध्यक्ष ध्रुब बबहादुर सिंहले जानकारी दिए । उक्त कार्यक्रमका प्रमुख अतिथि गोदावरि नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहने छन् भने बवशिष्ट अतिथि बरिस्ट देउडा गायक नरेन्द्र राज रेग्मि लगायतका अन्य ब्यक्तित्वहरु रहने छन । उक्त कार्यक्रम प्रकटेस्वर होलि ब्यब्स्थापन समिति र देउडा सस्कृति संरक्षण प्रतिस्ठानको संयुक्त आयोजनामा गरिनेछ। उक्त कार्यक्रममा चर्चित देउडा गायक टेक बोगटी ,भुवन दाहाल ,रितु थापा लगायतका साथै चर्चित मोडेल झरना बोहरा अनु खड्का, सरस्वति धामि, पुस्पा बडैला तथा डाइरेक्टर रमेश बिजुलि बिसि लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
सम्बन्धित पाेस्टहरु