अत्तरिया : नेपाल विद्यार्थी संघ (नेविसंघ) को दुर्गालक्ष्मी बहुमुखी क्याम्पस ईकाई सभापतिमा देवराज ओझा चयन भएका छन । नेविसंघ कार्यसमितिको बैठकले ओझालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको हो । आईतबार नेविसंघको ईकाई सभापतिमा चयन भएका ओझाको आज सोमबार पदस्थापन गरिएको छ । ईकाई सभापति ओझाको सभापतित्वमा आयोजित पदस्थान कार्यक्रमका प्रमुख अतिथि नेपालि कांग्रेसका जिल्ला सचिव केशव बहादुर मिश्र रहेका थिए ।
कार्यक्रममा उनले नेविसंघले विद्यार्थीहरुको हकहितका लागी आवाज उठाउदै आएको बताए । उनले दुर्गालक्ष्मीको भौतिक विकाशका लागी पनि नेविसंघले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको क्याम्पसलाई सुदूरपश्चिम क्याम्पसको आंगिक क्याम्पसका रुपमा सञ्चालीत गर्न पनि नेविसंघको विशेष पहल रहेको उनले बताए । पछिल्लो समय विद्यार्थीहरु बाहिर पलायन हुने अवस्था रहेको बताउदै उनले उक्त अवस्थाको अन्त्य गर्न आगामी दिनमा विद्यार्थीहरु नै जागरुक हुनुपर्ने बताए । उनले स्ववियुलाई शैक्षिक आन्दोलनको मजबुत कडीका रुपमा उठान गर्नुपर्ने समेत बताए ।