अत्तरिया, २९ फागुन : कैलालीको गोदावरी नगरपालिकामा १० जना महिला स्वयमसेविकालाई स्मार्ट मोबाइल वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर १२ का १० जना स्वयमसेविकालाई आज सोमबार स्मार्ट मोबाइल फोन वितरण गरिएको हो । स्वयमसेविकालाई उपमेयर शारादा रोकायाले हस्तान्तरण गरेकी हुन् ।
वडा अध्यक्ष भीमबहादुर खड्काले आमा समुहमा काम गर्ने महिला स्वयमसेविकालाई वडा कार्यालयबाट मोबाइल फोन वितरण गरिएको बताए । उनले आमा समुहहरु संगको सहकार्य गर्न मोवाइल फोनले सहज हुने विश्वासव्यक्त गरे । सोही कार्यक्रममा वडामा रहेका १२ वटै आमा समुहबाट ३०÷३० जनाका दरले महिलाहरुलाई बोलाएर आमा समुह सम्बन्धी जनचेतनामुलक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
आमा समुह उपभोक्ता समितिको आयोजनामा गरिएको जनचेतनामुलक कार्यक्रममा गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी महिला स्वास्थ्य सम्बन्धी जानकारी दिएका थिए भने इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालले महिला हिंसा सम्बन्धी नियमकानुनका बारेमा महिलाहरुलाई जानकारी गराएका थिए । उपमेयर रोकायले महिला सशक्तिकरणका लागि महिला आर्थिक रुपमा सबल हुन आवश्यक रहेको बताइन् । उनले महिलाहरुले विभिन्न व्यवसायसंगै विकास निर्माणका काममा जोडीन आवश्यक रहेको बताइन् ।
सम्बन्धित पाेस्टहरु