अत्तरिया, २९ फागुन : धनगढी उपमहानगरपालिकाले देशकै उत्कृष्ट अवार्ड पाएको छ । नेपाल नगरपालिका संघले उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको उपाधि दिएको छ ।
नेपाल नगरपालिका संघको ३० औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार काठमाण्डौँमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको सम्मान अवार्ड हस्तान्तरण गरेका हुन । धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले उत्कृष्ट नगरपालिका अवार्डका लागि छानिएको नेपाल नगरपालिका संघले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको अवार्ड प्रदान गरे । नेपाल नगरपालिका संघ २०५० मा सबै नगरपालिकाको प्रतिनिधि संगठनको रुपमा स्थापना भएको संस्था हो र यसले नगरपालिकाका साझा समस्या र अधिकारको वकालत गर्दै आएको छ ।
सम्बन्धित पाेस्टहरु