अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर २ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।