अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर १० दमौरामा आज बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान धन–धान्याञ्चल महायज्ञ हुने भएको छ । शिव मन्दिर तथा पर्यटन विकास समितिले स्थानीय शिव मन्दिरमा आयोजनामा महायज्ञ हुन लागेको हो ।
महायज्ञको सुदूपश्चिम प्रदेश मुख्यमन्त्री कमलवहादुर शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
आज देखि सुरु हुने महायज्ञ ७ गतेसम्म सञ्चालन हुने समितिका अध्यक्ष ललित साउदले जानकारी दिए । उनले अधुरो अवस्थामा रहेको शिव मन्दिर तथा पर्यटन विकास समितिको सभाहल निर्माणका लागि सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको बताए । हिन्दू धर्मको संरक्षण गर्नको निम्ति, हिन्दू धर्म संस्कृतिलाई प्रवद्र्धन निम्ति साथै धार्मिक पर्यटकीय विकास गर्नको निम्ति, नयाँ पीडिलाई धर्म संस्कृतिको बारेमा जानकारी दिन सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको बताए ।
विहान ८ बजे ११ कन्याद्वारा कलश यात्रा गरेर ११ बजे उद्घाटन गरिने छ । उनले उक्त सप्ताह ज्ञान महायज्ञमा राष्ट्रियस्तरका कलाकारहरुद्वारा संगीतमय भजन कृतनका साथ देविलीला झाकीहरुको एबम् पूज्यनीय सन्त महत्महरुको अमृतमय प्रस्तुत गरिने छ ।
दैनिक ५ सय देखि ७ सय जना भक्तालुजनहरूको उपस्थिति रहने आयोजकले दावी गरेको छ । स्थानीय बासीहरुले प्रत्येक घर बाट १÷१ जना व्यक्तिहरूको उपस्थिति भएर श्रमदान गरी यस मन्दिरको निर्माण गरेको र मन्दिरको विकासको लागि तिब्र गतिमा अगाडि बढ्ने जनाएको छ । महायज्ञबाट २० लाख सम्म आर्थिक संकलन हुने अनुमान गरेको छ । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाहीले आयोजित महायज्ञले वडामा भएका विकृति विसंगतिको अन्त्य गर्न मदत पुग्ने बताए ।
समाजमा बढ्दै गएको विकृतिलाई रोक्न यस्ता कार्यक्रमहरुको आयोजनाले केही हदसम्म सुधार ल्याउने उनले बताए । शिबमन्दिर तथा पर्यटन विकास समितिको प्राङ्गणमा हुन गइरहेको महायज्ञमा ७ दिन सम्म आध्यात्मिक प्रखर श्रदेय ऋषिकेश उपाध्यायद्वारा मुखार बिन्दुबाट कथा वाचक हुने छ । साथै उप वाचक पं प्रमोद पौडेल शास्त्रीद्वारा पाठ परायण हुने भएको छ ।
सम्बन्धित पाेस्टहरु