धनगढीमा खुल्ला एकल लोकगायन प्रतियोगिता हुँदै

अत्तरिया : कैलालीको धनगढीमा सुदूरपश्चि प्रदेश खुल्ला एकल लोकगायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश समितिले यही चैत ४ गते एकल लोक गायन प्रतियोगिता गर्न लागेको हो । बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश समितिले लोक कला जगेर्नाका लागि तथा नव प्रतिभाको पहिचानका लागि प्रतियोगिता गर्न लागेको जनाएको छ ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष पूर्ण भाटले सुदूरपश्चिमको मौलिक लोक कला जोगाउनका लागि एकल लोक दोहोरी प्रतियोगिता गर्न लागेको बताए । उनले भने, ‘समाजका कुना कन्दरामा लुकेका कला प्रतिभालाई अगाडि ल्याउने हाम्रो उदेश्य हो ।’ जसले कला हुँदाहुँदै पनि स्टेज पाएका छैनन् त्यस्ता लुकेर रहेका प्रतिभालाई स्थान दिने प्रतियोगिता भएको उनले बताए । आफ्नो कला सँस्कृतिलाई देश र विदेशमा चिनाउने उदेश्य आफूहरुको रहेको प्रतिष्ठानका प्रदेश सचिव सूर्यविरही साउँदले बताए । नयाँनयाँ प्रतिभालाई स्थान दिन प्रतियोगिता गर्न लागिएको उनले बताए ।

प्रदेशका प्रत्येक जिल्लाबाट १–१ जना गरी ९ जनाको सहभागिता हुने उनले बताए । साउँदले भने, ‘जिल्लामा प्रतियोगिता गरेर छनोट भएर एक जिल्लाबाट एक जना सहभागी आउने छन् ।’ प्रतियोगितामा प्रतियोगीहरुले लाइभ बाजामा प्रस्तुति दिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले ट्रफी, प्रमाणपत्रसहित क्रमशः २५ हजार, २० हजार र १५ हजार पुरस्कार प्राप्त गर्ने तथा सान्त्वना पुरस्कार प्रमाणपत्रसहति १० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रवर्धक प्रदेशको सामाजिक विकास मन्त्रालय र सहायक प्रवर्धक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको तथा प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.