अछाम : अछाममा दिदिबहिनीमाथि दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा दुई जना अटो चालक पक्राउ परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका–२ का दुई जना अटो चालक दिदिबहिनीलाई बलात्कार गरेको अभियोगमा प्रकाउ परेका हुन्। उनीहरुले फागुन २८ गते बयालपाटा अस्पतालमा उपचार गर्न गएकी पञ्चदेवल विनायक नगरपालिकाका १४ र १७ वर्षीया दिदिबहिनीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ।
पीडितले जाहेरी दिएअनुसार अटो चालकले दुबै दिदिबहिनीलाई घर लैजादैगर्दा बिच बाटोमा पुगेपछि जबर्जस्ती गर्न खोजेको आरोप छ। प्रकाउ परेका अटो चालकहरुलाई जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिए ।