स्ववियु निर्वाचन : दुर्गालक्ष्मीकोे सभापतीमा ५ जनाको उम्मेदवारी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा चैत्र ८ गते हुने स्ववियु निर्वाचनको लागि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारी र जनमोर्चो निकट अखिल छैटौले संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त प्याललबाट सभापतिमा नेविसंघका भुवन महराले मनोनयन दर्ता गराएका छन् । यस्तै उनको टिममा सचिवमा बमबहादुर विक र कोषाध्यक्षमा ज्याती साहुले उम्मेदवारी दर्ता गराएका छन् । बैद्य निकट अखिल क्रान्तिकारी र समाजवादी निकटबाट सभापथिमा पुष्कर जोशीले उम्मेदवारी दर्ता गरेका छन । उनको टिममा सचिवमा देव नेपाली र कोषध्यक्षमा प्रियङ्का बिष्ट रहेका छन् ।
नेकपा एमाले निकट अनेरास्ववियुले एकल उम्मेदवारी दर्ता गराएको छ । सभापतीका उम्मेदवार पुष्पराज सुबेदीको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको हो । उनको टिममा सचिवमा आकाश भट्टराई र कोषाध्यक्षमा कल्पना ओझा रहेका छन ।
यस्तै राप्रपा निकट विद्यार्थी संगठन र स्वतन्त्रबाट सभापतीमा लोकराज ओझा (एलआर) ले उम्मेदवारी दर्ता गराएका छन । उनको टिममा सचिवमा दिनेशप्रसाद बडु र कोषाध्यक्षमा देवकी बोहरा रहेका छन् ।
यस्तै स्वतन्त्र सरोज ठगुन्ना ले पनि स्वतन्त्रबाट सभापतीमा उम्मेदवारी दिएका छन । उनको टिममा सचिवमा मनोज दाहाल र कोषाध्यक्षमा निर्मला साउँद रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.