केएमसीका उप–प्राध्यापक पछेराको निधन

अत्तरिया : कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप–प्राध्यापक खडकबहादुर पछेराको निधन भएको छ। विष सेवन गरेका ४७ वर्षीय पछेराको आज बिहीवार निधन भएको हो।

अस्पताल स्रोतका अनुसार आज बिहान ११ बजे उनलाई विष सेवन गरेको अवस्थामा आइसियुमा भर्ना गरिएको थियो। जहर खाएकै कारण उनको निधन भएको जनाएको छ । उनको श्रीमती, दुई छोरा, एक छोरी गरी तीन वटा सन्तान रहेका छन् । परिवार स्रोतका अनुसार उनको दाहासंस्कार भोलि शुक्रबार मात्र गरिने भएको छ । मृतक पछेरा केएमसीमा विगत १२ बर्ष देखि गणित विषयत अध्यायपन गराउदैँ आएको थिए । । आज विहान मात्र उनले कक्षा लिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.