धनगढी : नेविसंघ ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । यहि चैत ५ गतेसम्म हुन गइरहेको मन्य विद्यार्थी युनियनको निर्वाचनमा क्याम्पसमा नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु निर्वाचमा सभापती महेश जोशीको नेतृत्वमा उम्मेदवारी दिइएको छ ।
क्याम्पसमा गुणस्तरिय, सर्वसुलभ र समय सापेक्ष अनुसारको शिक्षा र शैक्षिक वातावरण निर्माण गर्न आफ्नो उम्मेदवारी रहेको सभापतिका उम्मेदवार जोशीले बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी जोशीले सार्वजनिक गरेको घोषणापत्रमा ई–लाईबेरी स्थापना र कार्यान्वयन गर्ने, विद्यार्थीको शुल्क क्याम्पसमा नै तिर्न बैंक स्थापना गर्ने छ
नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु निर्वाचनका लागि सभापति महेशराज जोशी, सचिव दिलबहादुर बुढाथोकी, कोषाध्यक्ष लक्ष्मी शाही रहेका छन् भने सदस्यहरुमा विमल मल्ल ठकुरी, रोशन सिंह भण्डारी, पवन पन्त, दिपकराज भट्ट, जितेन्द्र सुनार, पुष्पा बुढा र प्रविन जोशी उमेदवार बनेका छन् ।