अत्तरिया : राष्ट्रिय युवा संघ गोदावरी नगरकमिटीको अध्यक्षमा उत्तम महरा चयन भएका छन् । बिहिबार अत्तरियामा भएको भेलाले महराको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्व सम्मतीले चयन गरेको हो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामा रहेका थिए । यस्तै बिसिस्ट अतिथीमा नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट रहेका थिए । अन्य सदस्यहरुको टुङो अब बस्ने बैठकले लगाउने युबा संघका नेता रबिन्द्र मगरले बताए । कार्यक्रममा युबा संघका जिल्ला प्रदेशका नेताहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु