धनगढी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोचाले धनगढीमा सुदूरपश्चिम प्रदेश सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो ।
नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा मोर्चाका फ्याक्सन इन्चार्ज ओमप्रकाश पुनले कार्यालय स्थापना पश्चात मोर्चाका कामलाई व्यवस्थित गर्न सहज हुने बताए । त्यस्तै कार्यक्रममा पुनले विभेदको जरोको पहिचान गर्न नसके आमुल परिवर्तन ल्याउन नसकिने बताए ।
उनले भने,विभेदको उत्पति कहाँबाट भयो, विभेदको जरो केहोरु भन्ने विषयमा ठोस पहिचान गर्न सकेनौं भने आमुल परिवर्तन ल्याउन सकिदैन । विभेदको अन्यका लागि संघर्ष नै आवश्यक हुने उनले बताए । धर्मको हालीमुलाली भइरहेसम्म विभेद अन्त्य नहुने बताउँदै उनले भने, धार्मीक अन्धविश्वास विरुद्ध प्रहार केन्द्रीत गर्न सकेनौँ भने जातिवाद रहिरन्छ, त्यसैले विभेदका विरुद्ध संघर्ष गर्न आवश्यक छ । त्यस्तै नेपाल दलित मुक्ति मोर्चाकी सुदूरपश्चिम प्रदेश संयोजक विनिता ओडले कार्यालय स्थापनाले मोर्चाका गतिविधिलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताइन् । कार्यालय उद्घाटन कार्यक्रममा मोर्चाको केन्द्रीय सम्मेलन आयोजक कमिटि सदस्यहरु डवल ताम्राकार, गोविन्द विक,मोर्चाका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु