
धनगढी : चैत–८ गते हुनगइरहेको स्ववियु निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पस केएमसीको सभापतीको लागि नेवि संघबाट हरिस खत्रीले उम्मेदवारी दिएका छन् ।
यस्तै खत्रीको नेतृत्वमा सन्तोष भाप पन्तले सचीव पदका लागि उम्मेदवारी दर्ता गराएका छन भने कोषाध्यक्षमा अम्बिका चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा पारस मणि कठायत,जनक अवस्थी, कमल कुमार ऐडी, वर्षा सुनार,प्रमिला शाह,हिमाल थापा ,मनोज टमटा,गणेश उपाध्याय र गौरी सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । केएमसीको स्ववियु निर्वाचनका लागि खत्री सगै नौ जनाको उम्मेदवारी परेको छ ।
