Agni Offset Press

सुदूरपश्चिम तेक्वान्दो संघको वार्षिक साधारणसभा सम्पन्न

Aarati simant

धनगढी : सुदूरपश्चिम तेक्वान्दो संघको प्रथम वार्षिक साधारणसभा बिहीबार धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा संघका केन्द्रीय महासचिव दीप गुरुङ, सुदूरपश्चिम अध्यक्ष सुवाश शाही, प्रदेशप्रतिनिधिहरु लगायत सरोकारवाला निकायको उपस्थिति थियो ।
साधारणसभाको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै परिषद्का सदस्यसचिव सिंहले तेक्वान्दो खेलको विकासका लागि परिषद् सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।यस्तै केन्द्रीय महासचिव गुरुङले साधारणसभाले संघ चलायमान बनाउँन मद्दत पुग्ने बताउँदै आगामी दिनमा थप कार्यक्रमहरु गर्दै जान सुझाव दिए ।
साधारणसभामा समापन मन्तव्य राख्दै अध्यक्ष शाहीले खेलको विकासका लागि सबैजना एकजुट भएर लाग्नुको विकल्प नभएको बताए । सुदूरपश्चिम खेलकुद परिषद्ले साथ सहयोग गर्ने प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा तेक्वान्दो संघले अन्तर्राष्ट्रिय इभेन्ट गर्ने जनाए । साधारणसभामा केन्द्रबाट आएका प्रतिनिधिहरुलाई मायाँको चिनो समेत हस्तान्तरण गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.