२०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा

काठमाडौं : सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ । सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । शनिबारबाहेक ३५ दिन बिदा हुने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.