धनगढीको आकाशमा बुद्ध एयरको ‘ट्रेनिङ फलाइट’

धनगढी : धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले फन्को मारिरहेको छ। धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारिरहेको जहाज उडेको उड्यै गरेको छ।

धनगढी विमानस्थल कार्यालयकाअनुसार बुद्ध एयरको जहाजले एयर होस्टेजलाई समेत बाहिर राखेर दुई जना पाइलट र एक जना कोपाइलटले जहाज उडाइरहेका हुन्। विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बुद्ध एयरले ट्रेनिङ फलाइट गरिरहेको बताए।
यात्रु समेत राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका कारण यात्रुबिना नै पाइलटले कोपाइलटलाई प्रशिक्षण दिइरहेको उनले बताए। जहाज धनगढी बजार क्षेत्रमा फन्को मार्ने, विमानस्थलमा अवतरण गर्ने र उड्ने क्रम जारी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.