धनगढी जुगेडामा पर्व मनाइने स्थलमा घेरबार गर्न खोज्दा स्थानीयको विरोध

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा सी गाउँमा चाडपर्व मनाउनेस्थल वडाले घेरबार गर्न खोजेपछि स्थानीयहरुले विरोध जनाएका छन् । बर्षौ पहिले देखि होली, गौरा, विसु लगायतका पर्व मनाउने स्थल वडाले आफ्नो बनाउन खोज्दा विरोध भएको स्थानीय बल्देव जोशीले बताए ।
उनले वडाको अगाडि रहेको पिपलबोटमा स्थानीहरुको गर्मी सिजनमा बस्ने चौतारी समेत भएको हुँदा यस क्षेत्रको जमिन कुनै व्यक्ति या संस्थाले आफ्नो बनाउन खोज्न नहुने बताए ।
यस्तै, जुगेडा सि गाउँ क्षेत्रकै लालबहादुर थापाले सार्वजनिक क्षेत्रलाई बचाउनका लागि आफुहरु लागेको अर्को स्थानीयले बताएका थिए । उनले समस्याको समाधानका लागि वडा अध्यक्ष समेत छलफलमा बस्न नमानेको आरोप लगाए । उनले वडाले स्थानीयहरुको सहमती विपरित निर्माण कार्य अगाडि बढाउन खोजेमा आन्दोलन समेत गर्ने चेतावनी दिए । सी गाउँवासीका लागि खेल्ने चौतारी वडाको मातहतमा लिन कुनै पनि हालतमा मान्ने नहुने बताए । उनले घेरवार गरे पनि वडाको छुट्टै र स्थानीयहरुका लागि सार्वजनिक स्थल भनेर छुट्टै छुयाएर गर्नुपर्ने सुझाव दिए ।

वडाका प्रविधिक दावबहादुर धामीले आर्थिक बर्ष २०८९÷८० को बजेटमा वडाको घेरवार गर्नका लागि २० लाख रुपैयाँ छुट्याएको त्यो अनुसार उपभोक्ता समिति मार्फत घेरबार गर्ने कार्यक्रम रहेको बताए । स्थानीयहरुले विरोध गर्दा अगडि बढ्न नसकेको उनको भनाई रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.