पहाडी भू–भागमा बिहानैदेखि हल्का वर्षा, दिउँसो हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ : देशका विभिन्न क्षेत्रमापश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ-हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । शनिबार राति देशका पहाडी भू९भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.