
अत्तरिया : धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा एक महिला बिरामीको मृत्यु भएको छ । आज शनिबार बिहान चुरे गाउँपालिका–३ की ३७ वर्षीया झरना थापा मगरको मृत्यु भएको हो । पाठेघरको समस्या भएकी मगरको शल्यक्रिया भएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पाठेघरमा मासु पलाएकोमा हिजो नै शल्यक्रिया गरिएको थियो । तर, पाठेघरको शल्यक्रिया गरिएपछि त्यसको केही समयमै उनको मुत्यु भएको बताइएको छ । आफन्तका अनुसार बिरामीको पाठेघरमा मासु पलाएको भनेर विहिबार शल्यक्रियाको मिति छ भनेर अस्पतालले जानकारी दिएको थियो। तर, शुक्रबार मात्रै शल्यक्रियाका गरिएको थियो ।
शल्यक्रिया भएर बिरामीलाई आइसियुमा राखेको जानकारी आएको तर फेरि बिहान मृत्यु भएको भनेर जानकारी गराइएको मृतकका आफन्तले बताएका छन् । अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको आफन्तको आरोप छ ।
