Agni Offset Press

क्रिकेट खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले ६ लाख दिने

Aarati simant

अत्तरिया : राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले नगद ६ लाख दिने भएको छ। प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले बताए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको मन्त्री देउवाले जानकारी दिए। यसैगरी, टिममा परेका खेलाडी सन्दिप जोरालाई रु १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही रू ५० हजार गरी रू ६ लाख दिने घोषणा गरेको छ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेकाले प्रदेश सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्न लागेको मन्त्री देउवाले बताए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.