आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

कैलालीका ९ क्याम्पसमा हुँदै

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।

स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए ।

विगत १४ वर्षदेखि हुन नसकेको अहिले स्ववियु निर्वाचन हुन लागेकाले सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत त्रिविले अपिल पनि गरेको छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।
कैलालीका ९ क्याम्पसमा हुँदै
कैलालीका ९ क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको छ।
आज ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस, लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.