बाजुरा : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बाजुराको बुढिनन्दा क्याम्पसमा दुई विद्यार्थी संगठन बीच झडप भएको छ । झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रुग्यास र हवाई फाएर गरेर भिड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहोराले जानकारी दिए ।
२७ राउण्ड हवाइ फायर भएको प्रहरीले जनाएको । भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेको प्रहरी प्रमुख बोहराले बताए । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बाजुराको बुढिन्नदा क्याम्पसमा पनि मतदान सुरु भएको केही घण्टामा झडप भएको जनाईएको छ । मतदान सुरू भए देखि पटक-पटक स्थगित हुँदै सुरू गर्दै आएको र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ । बुढिन्नदा क्याम्पसमा ४ सय १२ जनाले मतदाता छन ।
सम्बन्धित पाेस्टहरु