अत्तरिया : डडेलधुराकी पवित्रा साकीले गत वर्ष वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा भएको थकानको २० सेकेन्डको डोटेली भाषाको टिकछक बनाएर पोष्ट गरिन । पोष्ट गरेको २ दिन नबित्दै भिडिओ झन्डै तीन लाख मानिसले हेरे ।
हिँड्दा हिँड्दा मेरा खट्टा थागिगया भन्दै ख्याल ख्यालमै डोटेली भाषामा बनाइएको टिकटक भिडिओ एकाएक भाइरल हुन पुगेपछि उनले झन धेरै डोटेली भाषका टिकटक भिडिओ बनाउन थालिन्। बिस्तारै उनको चर्चा अनि ख्याति पनि बढ्दै गयो । ख्याति झन बढ्दै गएपछि डडेलधुराकी पवित्रा साकी अब पवित्रा रहिनन उनि मिस पबी भनेर चिनिन थालिन । अहिले आएर म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन ।
अरूकै टिकटक हेरेर रमाउने मिस समसामयिक विषयहरू समेटेर टिकटक बनाएको पबी बोल्दा अनि सुन्दा ‘निकै मिठो’ लाग्दा सुदूरपश्चिममा उनले सबैको मन जित्न सफल भइन । गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा मिस पबीले कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दर्ता गराएका स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा टिकटकमार्फत भोट माग्दा भनले थप लोकप्रिगताका साथै कतिपयले आफ्नो क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई समर्थन गर्ने भन्दै असन्तुष्टि पोखेका थिए। आफ्नो भाषाले आफुलाई यहा सम्म पुर्याएको उनको भनाई छ । अनि भन्छिन ‘सायद मैले आफ्नै भाषा नबोलेको भए यति चर्चा हुँदैनथ्यो र कसैले पनि चिन्दैनथे होला, मलाई मेरै भाषाले चिनायो। त्यसैले डोटेली भाषाप्रति गर्व छ’ ।
विगतमा आफ्नो भाषा बोल्न लाज मान्नेहरूले हाल गर्व लाग्नेहरुलाई पनि अहिले मिस पबीले आफ्नो भाषाबाटै ख्याति कमाएपछि डोटेली भाषा बोल्न गर्व लागेको सुदूरपश्चिमवासीको भनाई छ । ११ महिना अघि पवित्रा साकीले चिनिने मिस पबीको जीवनमा थुप्रै परिवर्तन भएका छन । सुरुमा घाँस दाउरा काटेको, पशु चौपाया हेरेको टिकटक बनाउने पबी अहिले नाचगान, रमाइला ठाउँहरूको बयान गर्नेदेखि सन्देशमूलक भिडिओ बनाउदै आएकी छन । विभिन्न ठाउँमा हुने कार्यक्रममा जान भ्याइ नभ्याइ भएकी पबीले १५—१६ म्युजिक भिडियो लगायत धारावाहिक शृङ्खलामा अभिनय गर्न थाले पछि उनि सबै ठाउँबाट चिनिन थालेकी छन ।
डडेलधुरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २३ वर्षकी मिस पबीको घरमा आमा, भाइ र बहिनी छन्। बुबा सेफको रूपमा अस्ट्रेलियामा कार्यरत छन । टिकटकबाट निकै ख्याति कमाएको भए पनि त्यसबाट पैसा कमाउन भने नसकेको मिस पबीको भनाइ छ । आफूले कमाएको ख्यातिलाई सदुपयोग गर्दै यूट्यूब च्यानल अनि ब्लगमार्फत डोटेली भाषा अनि गाउँ ठाउँलाई प्रवद्र्धन गर्ने योजना रहेको उनले बताए । मिस पबीलृे आफ्नो मौलिक भाषालाई थप उचाईसम्म पुगाउन सक्दो सहयोग गर्ने बताए ।