डोटीको खप्तड आदर्श क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

डोटीः डोटीको खप्तड आदर्श क्याम्पसमा अनेरास्ववियु प्यानल सहित विजयी भएको छ। सबै पदमा करिब तीन गुणा बढि मत पाउँदै अनेरास्ववियुका उम्मेदवार विजयी भएका हुन् । सभापतिमा अनेरास्ववियुका श्याम विकले २१ मत पाउँदा नेपाल विद्यार्थी सङ्घका गणेश ओझाले ७ मत पाएका थिए।

सचिवमा पनि अनेरास्ववियुकी पद्मा पसेरा २१ मत पाउँदै विजयी भइन् । नेविसंघकी देवी ओझाले पनि ७ मत पाइन्। कोषाध्यक्षमा पनि अनेरास्ववियुकी हेमा बोहराले २१ मत पाइन् भने नेविसंघकी गौरी पसेराले ७ मत पाइन् । सदस्यहरूका पनि सबै अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.