अत्तरिया : बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा न १ र २ मा कर्फ्यु लगाएको छ । स्ववियु निर्वाचनका क्रममा स्थिति तनावग्रस्त हुँदा रातिको समयमा थप घटना घट्न सक्ने भन्दै कर्फ्यु लगाएको जिल्ला प्रहरी प्रमुख कबिन्द्रसिहं बोहराले जानकारी दिए।
बुढीनन्दा नगरपालिका १ र २ मा आईतबार राति ७ बजे देखि सोमबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराको बुढीनन्दा क्याम्पसमा आज दिउसो दुई विद्यार्थी सङ्गठन बिच झडप प्रहरीले २४ राउन्ड हवाई फाएर गरेको थियो ।
झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र २४ राउन्ड हवाई फाएर गरेर भिड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हवाई फायर पछि पुन सञ्चालन भएको मतदान फेरि रोकिएको थियो ।