चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बुढा विजयी

अत्तरिया : कैलालीको चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका हरेन्द्र बुढा विजयी भएका छन् । १६१ मत ल्याएर बुढा सभापतिमा विजयी हुँदा संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाएका थिए ।
सचिवमा भने संयुक्त प्यानलका दिलबहादुर ताम्राकारले १६६ मत पाएर विजयी हुँदा अनेरास्ववियुकि गीता रोकायाले ५९ मत पाइन ।
कोषाध्यक्षमा अनेरास्ववियुका मोहन बहादुर खत्री विजयी भए । खत्रीले १६२ मत पाएका थिए । ५ सदस्य माध्ये अनेरास्ववियुबाट २ र संयुक्त प्यानल बाट ३ जना विजयी भएका छन् ।
यहाँ काङ्ग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका विद्यार्थी सङ्गठन मिलेर निर्वाचन लडेका थिए भने एमालेको विद्यार्थी सङ्गठन एक्लै निर्वाचनमा होमिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.