गाउँपालिका राष्ट्रिय महासङ्घको प्रदेश अधिवेशन सुरु

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा गाउँपालिका राष्ट्रिय महासङ्घको अधिवेशन सुरु भएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घको सुदूरपश्चिमको दोस्रो अधिवेशन आज सुरु भएको हो । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित बौनियामा गाउँपालिका राष्ट्रिय महासङ्घको प्रदेश अधिवेशन सुरु भएको हो ।

गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश अध्यक्ष दुर्गादत्त जोशीको सभापतित्वमा सुरु भएको अधिवेशनमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा,प्रदेश सभा सदस्य, निर्मला साउद, गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष लक्ष्मीदेवी पाण्डे, महासचिव खिमबहादुर थापा र कोषाध्यक्ष उमेश प्रसाद भट्ट पनि कार्यक्रममा सहभागी छन् ।

यहाँका गाउँपालिकाका प्रमुख र उपप्रमुख कार्यक्रममा उपस्थित छन् । गाउँपालिका राष्ट्रिय महासङ्घका प्रदेश अध्यक्ष ओझाले प्रतिवेदन प्रस्तुत गरेका थिए । यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.