स्ववियु निर्वाचन : दुर्गालक्ष्मी क्याम्पसमा ७५० ले गरे मतदान

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियुको मतदान जारी रहेको छ । बिहान ८ बजे देखि सुरु भएको मतदान सुरु भएको हो । मतदानमा हालसम्म ७ सय ५० जनाले मतदान गरिसकेको मतदान अधिकृत लोकबहादुर महराले जानकारी दिए ।
क्याम्पसमा स्ववियु सभापतिका लागि ५ जना चुनाबी मैदानमा होमिएका छन । अनेरास्ववियुबाट पुष्पराज सुवेदी, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं सयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा (एलआ), अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट पुष्करराज जोशी र स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्ना उम्मेदवार रहेका छन् ।

क्याम्पसमा १ हजार १ सय ७१ जना मतदाता रहेका छन । आज सुदूरपश्चिम विश्वविद्यालय (सुप) अन्तरगतका विद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन हुँदैछ । आज बिहान ८ बजे देखि शुरुभएको मतदान बेलुकी ४ बजे सम्म हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.