डोटी : सिताराम बहुमुखी क्याम्पस उच्चाकोट डोटीमा नेविसंघको प्यानल निर्विरोध निर्वाचित भएको छ। अन्य कसैको उम्मेदवारी नपरेपछि नेबिसंघका उम्मेदवारलाई निर्वाचन समितिले विजयी घोषणा गरेको हो ।
जसको सभापतिमा उमेश बलायर, सचिवमा मनीषा कुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद रहेका छन् । उक्त क्याम्पसमा तीन विद्यार्थी संगठन दर्ता भएपनी सभापतिमा नेबिसंघ र अनेरास्वबियुले उम्मेदवारी दिएका थिए ।
तर दाबी विरोधमा अनेरास्वबियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेबिसंघका उम्मेदवारी निर्विरोध विजयी भएको क्याम्पस प्रमुख चेतराज भट्टले जानकारी दिए । उक्त क्याम्पसमा ५८ मतदाता रहेका थिए ।