धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा र भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय बीच बुधबार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री देउवाले अव्यवस्थित तथा सुकुम्वासी, भूमिहिनहरुलाई व्यवस्थित पार्ने विषयमा भईरहेको कार्यप्रगतिका बारेमा चासो राखेका थिए ।
उनले जग्गा नापीका कार्यालाई तिब्र पारी तत्काल लालपूर्जा वितरण गर्न आयोगलाई निर्देशन दिएका हुन् । जनशक्ति थपेर भए पनि चाडो भन्दा चाडो जनताको हातमा पूर्जा उपलब्ध गराउने पर्ने भेटघाटका क्रममा मन्त्री देउवाले बताए ।